You are currently viewing १५ कठ्ठामा लगाइएको अबैध गाँजा खेती फडानी

१५ कठ्ठामा लगाइएको अबैध गाँजा खेती फडानी

नेभा, बारा, २७ मंसिर,

नेपाल सरकार द्वारा प्रतिबन्धीत गाँजा खेती प्रहरी कारवाहीको सिलशिलामा जिल्ला प्रहरी कार्यालय, बाराको मातहत ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले १५ कठ्ठा भित्र लगाइएको अबैध गाँजा खेतीलाई फँडानी तथा नष्ट गरेको छ ।

जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर स्थित १५ कठ्ठामा अवैध रूपमा लगाइएको गाँजाको अन्दाजी १८ हजार बोटहरू फडानी गरी नष्ट गरिएको छ ।

साथै, गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने छ भनेर जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

Leave a Reply