You are currently viewing के मृत्यु पश्चात तपाईको फेसबुक खाता पनि मर्न सक्छ ? सेटिंग यसरि मिलाउन सकिन्छ  

के मृत्यु पश्चात तपाईको फेसबुक खाता पनि मर्न सक्छ ? सेटिंग यसरि मिलाउन सकिन्छ  

आफ्नो मृत्युको बारेमा कोही पनि सोच्न चाहँदैन । सोचेर पनि डर लाग्छ । मान्छे आत्तिन्छ । अनेक अधुरो सपना अचानक अगाडि आउन थाल्छ । मृत्यु न त हाम्रो हातमा हुन्छ, न त यो हाम्रो आदेश नै मान्छ, न यो हाम्रो सबै सपनाहरु पुरा गरुञ्जेल कुर्छ नै । कुन बेला यमराजले हाम्रो प्राण लिएर जान्छ कसैलाई थाहा हुँदैन । मृत्यु कसैको वशमा हुँदैन । यो सत्य सबैलाई राम्ररी थाहा हुँदाहुँदा हामी मध्ये कोहिपनि यसको लागि तैयार हुँदैन ।

सबैलाई थाहा भएकै कुरा हो कि फेसबुक एउटा सामाजिक सञ्जाल हो जहाँ हामी आफ्ना अनेकौ तितामिठा यादगार क्षणहरु, घटना, जन्म मृत्यु देखि विवाह वर्तमन्धका फोटाहरु, मनका भावना, गोप्य सूचना वा सम्बन्ध, आपतिजनक वा अत्यावश्यक म्यासेजहरु आफ्ना भर्चुअल साथीहरु वा सम्बन्धिहरुसँग बाँडेका हुन्छौं । तपाईका भित्रीसबै कुराहरु कसैले थाहा पायो भने तपाईको चरित्रहत्या पनि हुन सक्छ । मान्छे नाड्डेझार हुन सक्छ । सम्बन्धको डोरी टुटेर कतिको घरबार उजिडिन सक्छ होला । शायद त्यसैले होला हामी आफ्नो खाता खोल्ने गोप्यशब्द अर्थात पासवर्ड कसैलाई भन्दैनौं ।

तर के तपाई कहिल्यै सोच्नु भएको छ कि तपाइको मृत्यु पश्चात फेसबुकले तपाईको खाता (अकाउण्ट)लाई के गरोस भनेर ? यदि सोच्नु भएको छैन् भने सोच्नुहोस् र आफ्नो मृत्यु अगाडि नै आफ्नो इच्छा अनुसार सेटिड्डलाई मिलाएर राख्नुहोस् ताकि फेसबुकले तपाईको मृत्यु पश्चात कानुनिरुपले तपाईको जिवित खातालाई पनि मारिदेओस् र तपाईको भौतिक शरीरका साथै तपाईको तितामिठा क्षणहरु, टिप्पणीहरु, फोटोहरु, म्यासेजहरु, साथीहरुसँगको सबै सम्बन्धलाई पनि समाप्त पारिदिओस । अर्थात तापाईको खातालाई पूर्णरुपले हटाइदिओस वा भनौ डिलिट गरिदिओस् ।

फेसबुकको खातालाई तपाई आफ्नो मृत्यु पश्चात के होस भन्नका लागि तलदिइएको गाइडलाइन अनुसार राम्ररी पढेरबुझेर मिलाउन सक्नुहुनेछ ।

मृत्यु पश्चातको इच्छालाई मिलाउन फेसबुकले तपाईलाई निम्न २ विकल्प दिन्छ ।

पहिलो विकल्पमा तपाईको तर्फबाट तपाईले छानेको व्यक्तिले तपाईको खाताको केही कुराहरु हेर्ने वा मिलाउने ।

दोस्रो विकल्पमा मृत्यु पश्चात तपाईको खाता पूर्णरुपले हटाइदिने ।

पहिलो विकल्पका लागिः

१. आफ्नो Setting मा जानुहोस् ।

२. General Account Setting मा जानुहोस् ।

३. Name, Username, Contact पछि Adaccount Contact को तल Memorialization Settings मा जानुहोस् ।

४. त्यहाँ Choose a friend खण्डमा कुनै व्यक्ति (बनेका साथि वा सम्बन्धिहरु मध्ये) को नाम लेखेर छान्नुहोस् र Add मा थिच्नुहोस् ।

यसरी तपाईले चिनेका एकजना व्यक्तिलाई आफ्नो तर्फबाट आफ्नो खातालाई आंशिकरुपमा सञ्चालनका लागि अनुमति दिनुहुन्छ ।

यसको सूचना (जानकारी) पहिलो पल्ट एकचोटिका लागि छानिएको मान्छेलाई तुरुन्तै फेसबुकले पठाउछ र दोस्रोपल्ट तपाईको मृत्यु पश्चात मात्र जानकारी गराउछ ।

फेसबुकको नियमानुसार तपाईको मृत्यु पश्चात तपाईले छानेको व्यक्तिले तपाईको User ID (email/mobile number) र password बिना निम्नलिखित ४ कामहरु मात्र गर्न सक्नेछ ।

१. तपाईको प्रोफाइल (Profile) मा श्रधाञ्जलिका posts लाई व्यवस्था गर्न, जसमा कसले अथवा कुनकुन साथिहरुले posts गर्न सक्छ, कसले posts हेर्न सक्छ, posts लाई हटाउन (delete गर्न) र कुनै posts मा भएको tags तबनक लाई हटाउन (remove गर्न) आदि ।

२. तपाईको Account लाई Facebook बाट पूर्णरुपले हटाउन अनुरोध गर्न ।

३. नयाँ मित्र अनुरोध (New Friend Request) लाई स्विकार्न वा अस्विकार्न ।

४. तपाईको प्रोफाइलको फोटो र कभर फोटो राख्न वा हटाउन आदि ।

चिन्ता नगर्नुस् किनकी तपाईले अधिकार दिएको व्यक्तिले तपाईको मृत्यु पश्चात मात्र यसो गर्न सक्छ तर तपाई बनेर posts गर्न वा तपाईको सन्देश (message) हेर्न भने सक्दैन ।

दोस्रो विकल्प अनुसार यदि तपाई चाहनु हुन्छ कि तपाईको Account पूर्णरुपले Facebook ले हटाओस् वा भनौ तपाईले कसैलाई पनि आफ्नो Account मा प्रवेश गर्न अनुमति दिन चाहनु हुन्न भने त्यहाँ Your Legacy Contact को सबैभन्दा तल र Close button भन्दा माथि हाइलाइट गरिएको एउटा लिंकलाई Click गर्नुपर्छ जसमा Request that your account be deleted after you pass away लेखिएको हुन्छ ।

यसरी Setting मिलाउनुका साथै यसका लागि मृतकका बारेमा मृत्यु घटनाको फोटो वा मृत्युको प्रमाणपत्र जस्ता आधिकारिक प्रमाणका साथ फेसबुकलाई जानकारी गराउनु पर्नेहुन्छ ।

यसरी मृत्यु पश्चात सबै भन्दा बढी समय बिताउने सबैभन्दा नजिकको प्यारो तथा अति आत्मिय सुखदुखका साथि जस्तै रहेको सामाजिक सञ्जालबाट सदाको लागि मुक्ति पाउन सक्नुहुनेछ । नत्र हुनसक्छ तपाईको आत्मा Facebook मा भट्की रहन सक्छ र तपाईको फोटो यादको रुपमा सामुने आएर आफन्तहरुलाई सताएर पिडा दिन सक्छ ।

कृपया यो जानकारी महत्वपूर्ण लागे यसलाई अवश्य शेयर गरी अन्य साथीभाइहरुलाई पनि जानकारी गराई पुण्यको भागि बन्नुहोला ।

  • दिपेन्द्र कानु, बीरगञ्ज

Leave a Reply