Home Nepali Blogs कविताको शिर्षकः लकडाउनको दिन

कविताको शिर्षकः लकडाउनको दिन

0
कविताको शिर्षकः लकडाउनको दिन

मित्र हो, लकडाउनको दिन आयो,
कोरोना महामारीले चारैतिर पङ्ख फिजायो ।
छैन कहिं जमघट, सभा अनि भिडभाड,
सामाजिक दुरी कायम गरौं, जीवनस“ग नगरौं खेलवाड ।

लुगा, कपडा, रासन सबैको भाउ आकाशियो,
काम छैन, दाम छैन, पेशा–व्यवसाय पनि मासियो ।
को हुन्छ र सहारा, यस्तो परिस्थिति भएसि ?
नेता, पार्टि अनि सरकारले जनतालाई बिर्सेसि ।

पढाइ गयो, लेखाइ गयो, बैंकको ऋणमा समेत डुबियो,
सहुलियत र विकल्पको कुरा सुनिए पनि सपनामा मात्र देखियो ।
धैर्यवान एवं संयमित बनौं, यस्तो विषम परिस्थितिमा,
जानकी र पशुपतिनाथले रक्षा गरुन् हाम्रो दयनिय स्थितिमा ।

मित्र हो, लकडाउनको दिन आयो ।
कोरोना महामारीले चारैतिर पङ्ख फिजायो ।

– आशाराम साह, शिक्षक
स्कूलः श्री कालिका मावि, चन्द्रपुर नगरपालिका–७, रौतहट

RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733