Home Nepali Blogs गरिबीमा पिल्सीएको नेपाल – राजेश श्रीवास्तव

गरिबीमा पिल्सीएको नेपाल – राजेश श्रीवास्तव

0
गरिबीमा पिल्सीएको नेपाल – राजेश श्रीवास्तव

स्वतन्त्र विचार

“नेपाल गरिब छ तर नेपाली हैन” यो उखान नसुनेको कोही नहोला ! कुनै प्रसङ्गमा नेपाल धनि छ सुनिनु कुनै नौलो कुरो होइन तर यथार्तमा नेपाली गरिब नै हुन् । ०.०३% ले कार चढेका छन, १४% ले मोटरसाईकल र नेपालको कूल  जनसंख्या मध्ये ३०% ले प्राथमिक आवश्यकता पुरा गरेका छैनन् । छोरी विवाह गर्दा ऋण, जग्गा किन्दा ऋण, छोराछोरीलाई उच्च शिक्षा दिंदा ऋण, घर बनाउँदा ऋण आदि इत्यादी कुरामा ऋण लागिरहने व्यक्ति कसरी धनी हुन सक्छ मैले बुझ्न नसकेको विषय मध्ये पर्छ यो ।

नेपालमा सामान्यतया दुई किसिमको गरिबलाई देखाउन सकिन्छ । एक जसले आफ्नो आयबाट प्राथमिक कुराहरु पूरा गर्न सक्दैनन् जस्तै गाँस, बाँस, कपास र अर्काे जसले आफ्नो आयबाट प्राथमिक आवश्यकताहरु मात्र पूरा गर्न सक्छ । कुनै पनि देश धनि हु्नको लागि राष्ट्र नै धनि हुनुपर्दछ र त्यस देशको राष्ट्रिय आय उच्च हुनुपर्दछ । जबसम्म राष्ट्र धनि हुन सक्दैन तबसम्म त्यस देशको नागरिक धनि हुन सक्दैन ।

विकसित देशहरुमा त्यस देशका जनताहरुलाई आधारभुत आवश्यकता जसमा शिक्षा पनि पर्दछ र त्यसको जिम्मेवारी र संरक्षण त्यही राष्ट्रले गरेको हुन्छ । अमेरिका, क्यानडा, डेनमार्क, लन्डन, जापान, अस्ट्रेलिया जस्ता देशहरुमा स्वास्थय र शिक्षा पनि पर्दछ । जसबाट कुनै पनि जनतालाई बन्चित गराइदैन र जनतालाई राष्ट्रमा लगानी गर्न उत्प्रेरित गराइन्छ । जसले गर्दा उत्पादक्त्व बढ्छ र राष्ट्र धनि हुन्छ र त्यसपछि जनता पनि सुखि हुन्छ तर नेपाल जस्तो विकासोन्मुख देशमा त्यस्ता कुनै किसिमको कुनै पनि प्रावधान छैन जसको कारणले गर्दा नेपाली जनताहरु गरिबीको रेखामुनि बस्न बाध्य छन् । केही मात्र प्रतिशत व्यक्तिहरु गरिबीको रेखा भन्दा माथि उठ्न सकेका छन् । गरिब र धनि बीचको रेखा चित्रलाई यसरी हेरौं…

                           गरिब वर्ग                                                     धनि वर्ग

यसो त नेपाल गरिब नै छ या धनि हुन सक्दैन भन्नु होइन । नेपालमा प्रशस्तै श्रोत तथा साधनहरु छन् जुन उपयोग क्रमशः हुँदैछन् र धेरै हुन बाँकी छन् ।

सर्वप्रथम देश धनि हुनका लागि पुँजी निर्माणको अवधारणालाई अघि सारिएको छ । तर पुँजी निर्माणको लागि तीनवटा कुराको जरुरी हुन्छ “बचत गर्ने क्षमता” “बचत गर्न योग्य” र “बचत गर्न सुविधा” । जसरी बचत गर्न सक्ने क्षमताको अनुपात बढदै जान्छ त्यसरी नै उत्पादत्वको अनुपात बढ्दै जान्छ र आयात कम हुन थाल्छ । अर्काे महत्वपूर्ण पक्ष भुक्तानीको सन्तुुलनको अवधारणालाई सारिएको छ । जब व्यापार घाटाको अनुपात बढ्दै जान्छ त्यसरी नै राष्ट्रले सञ्चय गरेको मुद्रा घट्दै जान्छ र देश गरिबी तर्फ बढ्दै जान्छ त्यस कारण देशमा आयात भन्दा निर्यात धेरै हुनुपर्दछ र आयातलाई क्रमशः कम गर्दै जानुपर्छ । गरिबीबाट माग तथा आपूर्तिमा फरक पर्दै जाने गर्दछ । निम्न कुरालाई निम्न रेखाचित्रबाट यसरी पनि हेरौं ।

                   माग रोकावट                                                            आपूर्ति रोकावट

राष्ट्र धनि हुनका लागि प्रत्येक व्यक्तिलाई राष्ट्रमा लगानी गर्न अवसर दिन सक्नुपर्छ र शिक्षा तथा स्वास्थय जस्ता महत्वपूर्ण पक्षहरुलाई ध्यान दिनुपर्दछ । विप्रेषण (रेमिटान्स) ले गरिबी घटाए पनि दीर्घकालीन रुपमा गरिबी घटाउन सक्दैन । मुलुक बाहिर बसेर कमाउनु राष्ट्र निर्माणमा दीर्घकालीन सहयोग  पुर्याउदैन ।

सरकारले पनि लगानीको उपयुक्त वातावरणको तयारी गर्नुपर्दछ जस्ले गर्दा लगानी विदेशीने सम्भावना कम हुन्छ । स्वदेशको पैसा स्वदेशमै रहन्छ र उक्त रकम स्वदेशी लगानी योग्य हुन्छ । राज्यमा बन्द भएका कलकारखानाहरु खोल्ने वातावरण मिलाउनु पर्दछ र आयातीत वस्तुहरु कसरी नेपालमै उत्पादन गर्न सकिन्छ भन्नेतिर उपयुक्त योजना अघि सार्नु पर्दछ । विश्वव्यापीकरणले गर्दा हरेक वस्तु नेपालमै उत्पादन गर्न सम्भव छ । युवा पुस्तालाई व्यवहारिक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारीको जिम्मा सरकारले दिन सक्नु पर्दछ । जसको कारणले शिक्षीत युवा शक्ति विदेश जान कम हुन्छ र उसको शिक्षालाई नेपालमै उपयोग गर्न सकिन्छ । नेपाली युवा शक्तिलाई विदेशमा पठाउनु भन्दा विदेशी दक्ष जनशक्तिलाई नेपाल ल्याउने वातावरण मिलाउने सके देश सफल तथा समृद्ध हुन सक्ने मेरो मान्यता छ ।

Rajesh Srivastav, Birgunj

  • सामाजिक, आर्थिक तथा शैक्षिक  गतिविधिहरुको बारेमा निरन्तर कलम चलाउने राजेश श्रीवास्तवलाई फेसबुकमा पनि भेट्न सकिन्छ …


RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733