Home Nepali Blogs कविताको शिर्षकः कोरोनाको कहर

कविताको शिर्षकः कोरोनाको कहर

0
कविताको शिर्षकः कोरोनाको कहर

विश्वभरि सर्वत्र कोरोनाको कहर ।
हामी शिक्षकलाई अब लाग्यो अनलाईन कक्षाको रहर ।।
नयाँ नयाँ प्रविधि प्रयोग गरी उपायहरु खोज्यौं ।
सरकार भन्दछ पाठ्यक्रम छाडी कुरै कुरामा अल्मलायौं ।।

गाउँ देखि शहरसम्म कायमै छ कोरोनाको त्रास ।
तै पनि हामीमा लकडाउन खुल्ला कि भनी आश ।।
फेसबुक हेर्यौं, ट्वीटर हेर्यौं, चारैतिर छ कोरोनाकै अपडेट ।
तर पनि कहिँ भेटिएन भ्याक्सिन अनि औषधिको भेट ।

बसी बसी कति खाने घरको भयो बास ।
रेष्टुरेन्ट, होटेल नखुलेसि घरमा चियाकै भो आश ।।
श्रीमती वा आमा छोराछोरीसँग कति गरूँ गफगाफ ।
अब त साँच्ची नै दिक्कै लाग्यो हुने भो कि उठिवास् ।।

जाउ कोरोना जाउ, अब धेरै नगर बेर ।
कलिला नानीबाबुको त भविष्यै खायौ अब त तीनलाई हेर ।।
एक महिना दुई महिनाको राहतले कति नै छाक टारिन्छ र ।
अब त काम नगरेसि सरकार कै आश गरिन्छ र ।।

लिम्पुयाधारा, कालापानी हुँदै लिपुलेखसम्म कोर्यौ हामी सिमाना ।
अब त पहल गर्नैपर्ने हो चुनौतीपूर्ण कुटनीतिको सामना ।।

– आशाराम साह, शिक्षक

स्कूलः श्री कालिका मावि, चन्द्रपुर नगरपालिका–७, रौतहट

RSS280
Follow by Email220
Facebook1k
Twitter570
LinkedIn268
LinkedIn
Share
WhatsApp733